एजेन्सी– रुसले युक्रेनी राष्ट्रपति भालोदोमिर जेलेन्स्कीको गृह नगरमा भीषण मिसाइल आक्रमण गरेको छ । आक्रमणमा परि १६ जनाको ज्यान गएको छ । क्रिभी रिइमा शुक्रबार भएको आक्रमणमा मर्नेमा ६ जना बालबालिका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
जेलेन्स्कीका अनुसार रुसले शुक्रबार खेर्सनमा रहेको ऊर्जा केन्द्रमा लक्षित गरेर आक्रमण गरेको थियो । जेलेन्स्कीले यो आक्रमणलाई घृणाजन्य बताएका छन् ।