तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा सरकारले तीनकुने घटनाको निष्पक्ष छानविन गर्ने हुने बताएका छन्। थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले तीनकुने घटनाको न्यायिक छानविन हुनपनि सक्ने बताए ।
चैत १५ गते राजावादी समुहले गरेको प्रदर्शन हिंसात्मक बनेको घटनाको छानविन गर्न न्यायिक छानविन समिति गठन गर्न माग भइरहेको छ । तीनकुने घटनामा दुईजनाको ज्यान समेत गएको थियो ।

प्रतिक्रिया