


काठमाडौं– ‘एनसेल बाह्रखरी गल्फ’को आठौँ संस्करणको उपाधि दोर्जे होजाङस्टाङले हात पारेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल पुरस्कार जितेका हुन् ।
गोकर्ण गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको समापन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता दोर्जेले ४४ अंक जोडेका थिए । उनले फ्रन्ट नाइटमा २५ अंक जोडेका थिए भने ब्याक नाइनमा १९ अंक जोड्न सफल भएका थिए ।


