म्यान्मार भूकम्पमा मृतकको संख्या ३३ सय पुग्यो

एजेन्सी– म्यान्मार भूकम्पमा मृतकको संख्या ३३ सय पुगेको छ ।
हालसम्म तीन हजार तीन सय ५४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेपत्ता हुनेको संख्या पनि दुई सय २० पुगेको छ ।
जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ता विरोधी समूहहरूले उनको सहभागिताको निन्दा गरेका थिए ।
विभिन्न देशका सैनिक उद्धारको कार्यमा जुटेका छन् । चीन, रूस र भारत उद्धार टोलीहरू म्यान्मार पठाएर बाँचेकाहरूलाई पत्ता लगाउन सहयोग गरिरहेको बताइएको छ ।

प्रतिक्रिया