आईपीएल : राजस्थान र दिल्ली क्यापिटल्स विजयी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार भएका खेलमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी भएका छन् । दोश्रो खेलमा राजस्थान रोयल्स्ले पञ्जाब किङ्ग्सलाई ५० रनले हराएको हो । राजस्थानले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको पञ्जाबले नौ विकेट गुमाएर एक सय ५५ रन मात्र बनाउन सक्यो ।
पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले पराजित गरेको थियोे । दिल्लीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको चन्नईले पाँच विकेट गुमाएर एक सय ५८ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया