अर्घाखाँचीमा जीप दुर्घटनामा दुईजनाको मृत्यु, थप दुई घाइते

काठमाडौं – अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चालकसहित दुईजनाको ज्यान गएको हो । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।
मालारानी गाउँपालिका–३ ढुंगाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा भएको हो ।
लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । तर उनीहरुलाई चिकित्सकले बिहान मृत घोषणा गरेका छन् ।
घाइते भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

प्रतिक्रिया