अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशरभ प्रदर्शन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन जारी छ । बीबीसीका अनुसार अमेरिकाका सबै ५० राज्यका करिब १२ सय स्थानमा प्रदर्शन जारी छ । विरोध प्रदर्शनलाई ‘ह्यान्ड्स अफ’ नाम प्रदान गरिएको छ ।
प्रदर्शनकारीले सामाजिक र आर्थिक मामिलालगायत धेरै विषयमा ट्रम्पको एजेन्डाप्रति खुलेरै असन्तुष्टि व्यक्त गरेका छन् ।
अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीले अमेरिकी विश्वविद्यालयका विद्यार्थीमाथि आप्रवासनसम्बन्धी छापा मारिएका कारण पनि विरोध गरिरहेका छन् ।
ट्रम्पको करनीतिबाट पछिल्लो समय देशभर विरोध प्रर्दशन भइरहेको छ ।

प्रतिक्रिया