तोलामा १९ सय रुपैयाँले फेरि घट्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनमा गिरावट आएको हो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा १८ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया