काठमाडौं– अछाममा घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँफेबगर नगरपालिका–५ नवाठाना का ४२ वर्षीय डम्मर कुँवर रहेका छन् ।
चैतेदसैंको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा मासु अड्किएको थियो । मासु अड्किएपछि उनलाई बेहोस अवस्थामा उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पु¥याइएको थियो ।
तर उपचार क्रममा शनिबार दिउँसो कुँवरको मृत्यु भएको हो ।