काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनलाई जगमान गुरूङले पुर्ण समर्थन जनाएका छन्।
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यबाहक संयोजक समेत रहेका गुरुङले विज्ञप्ति जारी समर्थन जनाएका हुन् ।
विज्ञप्तीमा भनिएको छ,‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरुमा हार्दिक आह्वान समेत गर्दैछौं ।’
राप्रपाले २६ चैतमा राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।