काठमाडौं– भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु सभापति नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ ।
अखिल क्रान्तिकारीका पुर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको तस्वीर सार्वजनिक गरेका छन् ।
मल्लका अनुसार ठगुन्नामाथि शनिबार राति आक्रमण भएको हो ।
ठगुन्नाको चिउडो र आँखा नजिक चोट लागेको छ ।