पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत

काठमाडौं – पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनीत भएका छन् ।
उच्च माओवादी स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई मनोनित गरिएको बताइएको छ ।
उनलाई उत्पादन क्षेत्रमा काम गर्नेगरी जिम्मेवारी समेत दिइएको बताइएको छ । पुन राजनीतिमा फर्किने विषयमा माओवादीभित्रै मतभेद समेत भएको थियो ।

प्रतिक्रिया