


काठमाडौं –इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित दर्ज गरेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले लगातार तेस्रो जित दर्ज गरेको हो ।
हैदराबादलाई लगातार चौथो हार बेहोरेको छ । हैदरावादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । कप्तान शुभमन गिलले अविजित ६१ रनको पारी खेले ।
जितसँगै ४ खेलमा ६ अंक जोडेको गुजरात अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा २ अंक मात्र जोडेको हैदराबाद १०औं स्थानमा छ ।


