काठमाडौं विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं– नेपालको संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा परेको छ ।
पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान रहेका छन् । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ बजे नेपालको राजधानी काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २११ छ । जुन विश्वकै दोस्रो हो । भारत नयाँदिल्लीको २७७ र पाकिस्तान लाहोरको २०८ छ ।
मंगलबार र शुक्रबार प्रदूषित शहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो । प्रदुषणका कारण आखा पोल्ने समस्या देखिएको नागरिकको गुनासो छ ।

प्रतिक्रिया