रविमाथि संकटै–संकट तर ठगी नाइके जीबीको छैन अत्तोपत्तो

काठमाडौं– रवि होइन अहिले सहकारी ठगी प्रकरणका मुख्य नाइके हुन गितेन्द्रबाबु (जीबी) राई । उनी कहाँ छन् अनुमान मलेसियाको लगाइएको छ । तर फेला परेका छैनन् । उनका साझेदार रहेका रवि लामिछाने र छविलाल जोशी पुर्पक्षका लागि कारागारमा छन् ।
रविलाई ल्याउन प्रहरी सक्रिय छ तर सफलता हात पर्न सकेको छैन् । गोर्खा मिडियाका अध्यक्ष समेत रहेका राईलाई पक्राउ नपर्दा रवि प्रकरणबारे विभिन्न आशंका समेत उत्पन्न हुँदै गएका छन् । तर प्रहरी अधिकारीहरु भने जीबीको खोजी जारी रहेको दाबी गर्दै आएका छन् ।
मुख्य आरोपी जीबी राईलाई कारबाहीको दायरामा आएका छैनन् ।
विभिन्न सहकारीको २ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा राईविरुद्ध इन्टरपोलमार्फत् रेड नोटिस समेत जारी भइसकेको छ । सहकारी ठगीकै विषयले रास्वपा सभापति समेत रहेका रवि लामिछानेको राजनीतिक जीवन नै सकंटमा परेको छ । तर राई फरार छन् । उनी मलेसियामा रहेको जानकारीपछि नेपाल प्रहरीको एक टोली नै मलेसिया पुगेको पनि बताइन्छ । तर सफलता हात परेन ।
कास्कीको सूर्यदर्शन, चितवनको सहारा, पर्साको सानो पाइला, काठमाडौंको स्वर्णलक्ष्मी र बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा भित्राएर अपचलन गर्ने कार्यका मुख्य कमाण्डर नै जीबी रहेको प्रहरीकै अनुसन्धानबाट खुलिसकेको छ ।
जहाँ–जहाँ रविको मुद्दा अगाडी बढेको छ त्यहाँ–त्यहाँ जीबी प्रतिवादी छन् । प्रहरीले निकालेको सूचनामा राई मलेसियामा छन् भनिएको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेले पनि यसको संकेत गरेका थिए ।
ठगीसँगै संगठित अपराधमा अनुसन्धान भएपछि जीवी राईको राहदानी प्रहरीको अनुरोधमा रद्द भइसकेको छ । प्रहरी अधिकृतहरुका अनुसार जीवीको राहदानी रद्द भएकाले उनी बैधानिक रुपमा नेपाली राहदानी बोकेर कुनै देशमा बस्न पाउँदैनन् । यस्तोमा उनी अवैध रुपमा वा राहदानी आवश्यक नपर्ने मुलुकमा भएको हुनसक्ने अनुमान पनि छ ।

प्रतिक्रिया