काठमाडौं– सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ ।
आइतबार १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज १ लाख ७३ हजार ८ सय प्रतितोला रुपैयाँमा झरेको छ । चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । आज चाँदी भने तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।