काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व महामन्त्री मुकुल ढकालले रवि लामिछाने जेल गएकाले रास्वपा पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
रवि लामिछाने जेल चलान भएलगत्तै उनले फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
यस्तो छ मुकुलको स्टाटस्
काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौँ । चुनावी रणनीति अन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ, क्लव हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लवलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लवमा नै रमाउनु थियो । अब रवि दाइ वर्षौँका लागी मामाघर जानु भएको छ । अब क्लवबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ ।
रविको क्लवबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । हिजो जसरी काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग डराएनौँ, त्यसरी यी दुइ–चार हजार अरिङ्गालसँग पनि डराउनु पर्दैन । झोले र अरिङ्गालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।