भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी मित्रराष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको दाबी गरेका छन् ।
गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै यस्तो दाबी गरेका हुन् ।
नेपालमा राजसंस्था पुनस्र्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको देउवाको जिकिर छ ।
नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको देउवाको भनाइ थियो ।

प्रतिक्रिया