आईपीएल : बेङ्गलुरुले मुम्बईलाई हरायो, आज दुई खेल हुँदै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ ।
मुम्बईको घरेलु मैदानमा हिजो भएको खेलमा मुम्बईले चौथो हारको सामना गरेको हो । बेङ्गलुरुले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले नौ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो ।
आईपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स तथा दोस्रो खेल पञ्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच हुँदैछ ।

प्रतिक्रिया