चीनलाई थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– विवादका बीच अमेरिकाले चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने चेतावनी दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले प्रतिशोधात्मक शुल्क फिर्ता नलिए ५० प्रतिशत अतिरिक्त भन्सार महसुल थप्ने चेतावनी दिएका हुन् ।
बीबीसीका अनुसार यसअघि गत शुक्रवार चीनले अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिशोधात्म शुल्क लगाउने घोषणा गरेको थियो । ट्रम्पको कर नीति तथा योजनाका कारण केही दिनदेखि चीनको शेयर बजार समयमा खुल्न सकिरहेको छैन । विश्वव्यापी रुपमै शेयर बजारमा उथल–पुथल देखिएको छ ।

प्रतिक्रिया