दुर्गा प्रसाईंका दाजु राकेश पक्राउ, दुर्गा भारतमा लुकेको आशंका

काठमाडौं– दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
१५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका दाइ राकेशलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिल राज बोहराले राकेशमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको बताए । केही विषयहरु जोडिएजस्तो देखिएकाले अनुसन्धान भइरहेको बोहराले सौगातखबरलाई जानकारी दिए । सोमबार नियन्त्रणमा लिइएको भएपनि अनुसन्धान गर्नुपर्ने देखिएकाले आज म्याद थप गरिने बताइएको छ ।
गत शुक्रबार तीनकुनेमा दुर्गाको नेतृत्वमा भएको प्रर्दशनमा २ जनाको ज्यान गएको थियो । सो घटनापछि उनी फरार छन् । दुर्गा भागेको गाडी इटहरीबाट बरामद भएको थियो ।
उनी भागेर भारतमा लुकेको सुरक्षा स्रोतको दाबी छ । तीनकुने प्रदर्शनमा उच्छृंखल गतिविधि गरेको तथा तोडफोड गरेको आरोपमा प्रहरीले ७० बढीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणा लगायतका नेताहरू छन् ।

प्रतिक्रिया