लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
सोमबार तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया