एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं – एनआईसी एसिया बैंकमा संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका सात लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
आउँदो वैशाख ९ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमा प्रस्ताव पेस गर्न बैंकले आग्रह गरेको छ ।
संस्थापक सेयर प्रतिकित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । न्यूनतम एक हजार कित्ता सेयर खरिद गर्नुपर्ने बैंकले जनाएको छ ।
बिक्रीका निम्ति यसअघि खुला गरिएकोमा आवेदन नपरेपछि रोकिएको थियो ।

प्रतिक्रिया