


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महिला नेतृ कुन्ती पोखरेल गणतन्त्रवादीहरुलाई देश छोडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिएकी छन् । बल्खुमा आज आयोजित राप्रपाको आमसभामा बोल्दै पार्टीकी केन्द्रिय सदस्यले पोखरेलले यस्तो चेतावनी दिएकी हुन् ।
प्रहरी हिरासतमा रहेका आफ्ना नेताहरुलाई तत्काल रिहा नगरिए ७ गतेदेखि सडकमै खाने बस्ने र सुत्ने उनको भनाइ थियो ।
उनले अमार्यादित शैलीमा भनिन्,‘ ए लुटतन्त्रेहरु, आजै तिमीहरु भागिहाल, कि घरबाटै थुतेर हाम्रा राष्ट्रवादी साथीहरुले कुट्नेछन् । कि देश छोडेर भाग कि राष्ट्रवादी साथिहरुको अगाडि आत्मसमर्पण गर ।’


