काठमाडौं विश्वमै प्रदुषित सहरको पहिलो स्थानमै , दुषित हावा मुगुसम्म फैलियो

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही कम भए पनि विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा यथावत नै देखिएको छ ।
हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स अनुसार आज काठमाडौँको एक्यूआई १८१ मापन गरिएको छ ।
आज काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको एक्यूआई सबैभन्दा उच्च देखिएको छ । आज ललितपुरको पाटन र भैँसेपाटी क्षेत्र बढी प्रदूषित बनेको छ । पाटनको एक्यूआई १९० र भैँसेपाटीको १६१ मापन गरिएको छ ।
भक्तपुरमा १७३ मापन भएको छ । आज हिमाली जिल्ला मुगुको हावा पनि अवस्थकर बनेको छ । एक्यू एअर इन्डेक्सका अनुसार मुगु जिल्लाको एक्यूआई १६३ मापन छ भने यस्तै इलामको १८२, जनकपुरको १४४, इटहरीको १३९, पोखराको १३० मापन गरिएको छ ।

प्रतिक्रिया