काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने कुरा छोडिदिन आग्रह गरेका छन् । मधेस प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन ।
उनले दिनैपिच्छे सरकार फेरिन्छ कि भन्ने अवस्थाको अन्त्यका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)को समीकरण बनाइएको दाबी गरे ।
झण्डै दुई तिहाई सत्ता गठबन्धनसँग रहेकाले कांग्रेस–एमाले समीकरणको सरकारलाई कुनै असर नपर्ने ओलीको भनाई छ । उनले भने,‘यो सरकार ढल्ने त कुरा छोडिदिनुस् । हल्लिँदा पनि हल्लिँदैन ।’
प्रधानमन्त्री ओलीले कानुनभन्दा माथि कोही नहुने भएकाले तीनकुने घटनाका दोषी सबैलाई कारबाही गरिने स्पष्ट पारे ।