काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने बताएका छन् । बल्खुमा आयोजित राप्रपाको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
शाहीले देशका ११ सय ठूला साना उद्योग माओवादीले बन्द गराएको दाबी समेत गरे । ६ लाखभन्दा बढीलाई बेरोजगार बनाएर बेल्चा हाल्न माओवादीले नै विदेश पठाएको शाहीको जिकिर छ ।
यस्तै शाहीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदमा राजतन्त्र र गणतन्त्रको गलत डाटा प्रस्तुत गरेको आरोप पनि लगाए ।