लिङदेनले बालेनलाई भनेः धेरै हिरो भएर पत्र नकाट्नु, फोहर सफा गरेर जान्छौं

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई हिरो नबन आग्रह गरेका छन् । उनले आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश समेत दिएका छन् । बल्खुमा आयोजित सभामा उनले राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिए ।
आजको सभामा आफ्नो भाषण सिध्याइसकेका लिङदेन एउटा कुरा भन्न छुटेछ भन्दै माइकमा अन्तमा त्यस्तो भनेका हुन् ।
उनले भने,‘ एउटा सुचना दिन बिर्सिएछ बालेनजीलाई । यो काठमाडामैं महानगरभित्र पर्छ होइन र ? बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन ।’

प्रतिक्रिया