सरकारद्वारा फेरि शिक्षक महासंघलाई वार्तामा आउन आव्हान

काठमाडौं– सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि अर्को आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई बुधबार वार्ताको लागि बोलाएको हो ।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गर्न माग गर्दै शिक्षकहरु आन्दोलित छन् ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
यसअघि मन्त्रालयले साझा धारणा निर्माण गर्न चैत्र २१ र २२ गते छलफल र परामर्शका लागि बोलाएको थियो ।
शिक्षकहरु भने वार्तामा गएका थिएनन् ।

प्रतिक्रिया