काठमाडौं– नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अझै आएको छैन् । मतगणना भने जारी छ ।
हालसम्मको परिणाअनुसार नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानलका प्राडा विजयप्रसाद मिश्रले नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई दोब्बर मतले पछी पारेका छन् ।
मिश्रले दुई हजार ८८२ मत प्राप्त गरेका छन् । श्रेष्ठले प्राप्त गरेको मत एक हजार ४२५ छ । उनीहरूबीचको मतान्तर एक हजार ४५७ रहेको छ ।
आज बिहान ८ बजेदेखि पुनः मतगणना शुरु हुनेछ । बार निर्वाचनमा बार निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।