


काठमाडौं – हङकङमा आजबाट चार देश सम्मिलित ट्वी–२० सिरिज शुरु भएको छ । नेपालले पहिलो खेलमा कताविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
नेपाल, हङकङ, कतार र कुवेत सम्मिलित सिरिज आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण छ ।
नेपालले सन् २०२५ मा पहिलो अन्तर्राष्ट्रिय खेल कतारविरुद्ध खेल्न लागेको हो । यो प्रतियोगितामा लोकेश वम लगायतका केही नयाँ अनुहार टोलीमा देखिनेछन् । स्टार बलर सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् ।


