नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द

काठमाडौं– नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड आजदेखि चार घण्टा बन्द हुने भएको छ । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ–जाउ बन्द गरिएको हो ।
चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गरिएको छ ।
अर्को चरणमा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरिने छ ।
यो अवधीमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन ।

प्रतिक्रिया