टि–२० सिरिजमा नेपालको विजयी शुरुआत, कतारमाथि सहज जित

काठमाडौं– चारदेशिय टी–२० सिरिजमा नेपालले कतारविरुद्ध सहज विजयी शुरुआत गरेको छ । हङकङमा बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो।
नेपालले बिहीबार दोस्रो खेलमा कुवेतको सामना गर्नेछ ।
कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनाएर पुरा गर्यो ।
त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार गरेको थियो ।

प्रतिक्रिया