काठमाडौं । नेपाल शिक्षक महासंघले अहिलेकै अवस्थामा वार्तामा नबस्ने बताएको छ । सरकारले शिक्षक महासंघलाई वार्तामा बोलाएपछि यस्तो प्रतिक्रिया पठाएको हो ।
मागप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको प्रष्ट पारेको छ ।
वार्ताका लागि महासंघले केही सर्त राखेको छ । सर्तमा संसद्को वर्षे अधिवेसन तत्काल शुरु गर्नुपर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने छन् ।
देशभरका शिक्षक काठमाडौं आएर केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।