गगन थापाले दिए प्रधानमन्त्रीलाई सुझाव : डुल्न–घुम्न छाड्नुस्, काम गर्नुस्

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाली काम गर्न सुझाव दिएका छन् ।
रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् ।
प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने–घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको थापाको दाबी छ ।
सरकारको कामको गति नपुगेको गुनासो पनि गगनले गरे ।
शिक्षकका माग बेलैमा सम्बोधन गरेको भएको अहिलेको परिस्थिती नआउने गगनको भनाइ थियो।

प्रतिक्रिया