काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौती दिन खोजेको भन्दै जवाफ दिन तयार रहेको बताएका छन् । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै त्यस्तालाई जवाफ दिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
राजावादीहरूमा असहिष्णुता धेरै रहेको बताउँदै शान्ति कायम गर्न उभिएको प्रहरीमाथि गाडी लिएर किच्न गएको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।