आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई हरायो : आज बेङ्गलुरु र चेन्नई भिड्ने

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले पराजित गरेको छ ।
जीतका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८६ रन बनाउन सक्यो ।
गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई तथा इशान शर्मा र गेराल्ड कोट्जेले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।
जीतसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

प्रतिक्रिया