२०८४ मा एक नम्बरको पार्टी भएरै छाड्छौं :प्रचण्ड

काठमाडौंं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले २०८४ मा एक नम्बरको पार्टी भएरै छाड्ने दाबी गरेका छन् ।
केही समयभित्र देशको राजनीतिक रंगमञ्चलाई फेरि माओवादीमय बनाउन सकिने उनको दाबी छ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस र एमाले मिलेर आफूहरुलाई जनतामा जाने वातावरण बनाइदिएको बताए ।
प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पारेरै छाड्ने बताउँदै त्यसका लागि आफु रातदिन खटेको बताए । सामाजिक सञ्जालमा पनि माओवादप्रतिको आकर्षण बढ्ेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया