कक्षा १२ को परीक्षा शुरु, ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आइतबार देखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ परिक्षा शुरु भएको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण तोकिएको छ । सबैभन्दा बढी केन्द्र काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको छ । यसअघि बैशाख १२ गते हुने भनिएको कक्षा १२ को परिक्षा शिक्षक महासंघको आन्दोलनका कारण स्थगित गर्न गरेको थियो ।

प्रतिक्रिया