


काठमाडौं – चेन्नई सुपर किङ लाई हराउँदै रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ । चेन्नई सुपर किङलाई दुई रनले हराउँदै आरसिबी १६ अंकका साथ शीर्ष स्थानमा पुगेको हो । यसले आरसीबीको प्लेअपको सम्भावना बलियो बनाएको छ ।
शनिबार भएको खेलमा २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र जोडेको हो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले पाँच विकेटको क्षतीमा २१३ रन जोडेको हो। तालिकामा आरसिबी १६ अंक सहित शीर्ष स्थानमा रहँदा चेन्नई चार अङ्कसहित अन्तिममा छ ।
आइपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा केकेआर र राजीस्थान भिड्नेछन् भने दोस्रो खेलमा पञ्जाव र लखनउ आमनेसामने हुनेछन् ।


