काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले आउँदो जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान शुरू गर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानको समीक्षा गर्दै मध्य पहाडी लोकमार्ग अभियान शुरू गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
तराई–मधेश जागरण अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको बैठकको निष्कर्ष छ ।