आईपीएलमा पन्जाबले लखनउलाई हरायो, आज सनराजर्स हैदराबाद र दिल्ली भिड्ने

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब सुपर किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गरेको छ ।
गएराति पन्जाबले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९९ रनमा समेटिएको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । आईपीएलमा सात खेल जितेको पन्जाब १५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
आईपीएलमा आज सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

प्रतिक्रिया