काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको नजरमा वर्तमान सरकार ढलिसकेको टिप्पणी गरेका छन् । प्रतिनिधी सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रचण्डले सरकारका विभिन्न कामको आलोचना गरे ।
कुलमान घिसिङलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशन गरेको भन्दै सरकारको आलोचना गरे ।
उनले अगाडि कुलमानलाई समर्थन गरेको झोकमा आफ्नै मन्त्रीलाई पनि निष्काशन गरेको आरोप समेत लगाए । प्रचण्डले सम्बोधन गर्दा राज्यमन्त्रीबाट निकालिएका कांग्रेस सांसद कान्छाराम तामाङ भने खुशी देखिन्थे । पछिल्लो समय गगन थापा लगायतका नेताहरु पनि सरकारका काम कारवाहीबाट सन्तृष्ट देखिएका छैनन् ।