काठमाडौं –संयुक्त जनआन्दोलन समितिले राजसंस्था पुनस्र्थापनाका लागि छिट्टै आन्दोलनमा उत्रिने घोषणा गरेको छ । सोमबार काठमाडौँमा बसेको बैठकले यस्तो घोषणा गरेको हो ।
यसअघि राजावादी समुहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रर्दशन गरेको थियो । सो प्रर्दशन लुटपाटको पनि परिणत भएको थियो ।
१५ गतेकै प्रर्दशनका कमाण्डर भन्दै दुर्गा प्रसाईँ,रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।