


काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स मुम्बई इन्डियन्सलाई ३ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।
वर्षाका कारण प्रभावित भएको खेलमा गुजरातले मुम्बईलाई ३ विकेटले पराजित गरेको हो ।
मुम्बईले गुजरातलाई १ सय ५६ रनको लक्ष्य दिएकामा पानी परेर खेल प्रभावित भएपछि डीएलएस मेथडका आधारमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको लक्ष्य पाएको थियो । मुम्बईले दिएको लक्ष्य गुजरातले ७ विकेटको क्षतिमा पूरा भेट्टाएको हो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाएको थियो ।
यो खेलसँगै गुजरात ११ खेलमा ८ जीतसँगै १६ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ । चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अङ्क छ ।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् ।


