


काठमाडौं– भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले हमलाको जवाफ दिने चेतावनी दिएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा मार्फत भनेका छन्, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’
भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तान(कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूमा आक्रमण गरिएको थियो ।
भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको दाबी समेत गरेको छ ।
पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् ।
पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ।


