काठमाडौं – पाकिस्ताले आफ्ना सेनालाई भारतीय आक्रमणविरुद्ध प्रतिकार गर्न अनुमति दिएको छ । भारतले पाकिस्तान र कश्मीरमा आक्रमण गरेपछि पाकिस्तानले प्रतिकार गर्न अनुमति दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले गरेको हवाई हमलापछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले सशस्त्र बललाई प्रतिकारात्मक कारबाही गर्न अधिकार प्रदान गरेको रोयटर्सलाई उद्धृत गर्दै द गार्जियन न्युजले उल्लेख गरेको छ ।
भारतले गएराति पाकिस्तानी कश्मीर र अन्य ९ क्षेत्रमा आक्रमण गरेको थियो ।
भारतले गरेको आक्रमणका क्रममा पाकिस्तानले पाँच भारतीय जहाज खसालेका दाबी गरेपछि भारत यसबारे बोलेको छैन् ।
भारतले आतंकवादीको संरचना भएका नौ स्थानमा प्रहार गरेको दाबी गरेको छ । नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय सैन्य प्रवक्ताले मंगलबार रातिको आक्रमण मुस्लिम आतंकवादी समूह जैश–ए–मोहम्मद र लश्कर–ए–तोइबाविरुद्धको कारबाही भनेका छन् ।
घटनामा ज्यान गुमाउनेको यकिन तथ्याङ आउन सकेको छैन् ।