भारतको अमृतसरमा ब्ल्याकआउट, नागरिकलाई घरभित्रै बस्न आग्रह

काठमाडौं– भारतको अमृतसर प्रशासनले फेरि ग¥यो ब्ल्याकआउट गरेको छ । नागरिकको सुरक्षाका लागि भन्दै प्रशासनले घरभित्रै बस्न आग्रह समेत गरेको छ ।
अमृतसर जिल्ला जनसम्पर्क अधिकारी (डीपीआरओ)ले जनताको सुरक्षा र तयारी सुनिश्चित गर्न अमृतसरमा फेरि ब्ल्याकआउट लगाइएको बीबीसीले जनाएको छ ।
अमृतसरमा भएको ब्ल्याकआउट देशभरि सञ्चालन गरिएको नागरिक रक्षाको एक हिस्सा हो ।
बीबीसीका अनुसार भारत सरकारको गृह मन्त्रालयको आदेश अनुसार, मे ७ मा सबै जिल्लामा यस्तो अभ्यास गरिएको थियो । यसको संख्या २४४ छ ।
भारत र पाकिस्तानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै राज्य प्रहरी, अग्नि सेवा, राहत र विपद् टोलीहरूले यस्तो अभ्यासमा भाग लिए ।
प्रशासनले घरमै बस्न, नआत्तिन र घर बाहिर भेला नहुन भनेको र बाहिरका बत्ती बन्द गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया