‘पेन किलर’ खाएकाले मेरो मिर्गौला फेल भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले ‘पेन किलर’ खाएकाले मिर्गौला ‘फेल’ भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल कुष्ठरोग सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । आफू पञ्चायतकालमा गोलघर (सुन्धारा कारागार)मा रहँदाताका धेरै पेन किलर सेवन गरेकाले मिर्गौला फेल भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा आफ्नो जेल जीवनको अनुभव सुनाएका थिए । ओलीले आफुलाई क्षयरोग लागेको समेत बताएका थिए ।

प्रतिक्रिया