भारतीय सेनाले पाकिस्तानका ७ शहरमा ‘आतंकवादी’ लुकेका ९ सहरलाई लक्षित गर्दै ‘अपरेसन सिन्दूर’ सुरु गर्यो । त्यसयता अहिले दुई मुलुकबीच युद्धको जस्तै अवस्था छ । यतिबेला भने अपरेसन सिन्दूर’ नामलाई लिएर फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा भैरहेको छ ।
हालसम्म करिब ५० फिल्म निर्माताहरूले अपरेसन सिन्दूर’ शीर्षक दर्ताको लागि आवेदन दिइएको दैनिक भास्करसँग कुरा गर्दै फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज अध्यक्ष बीएन तिवारीले यो कुरा पुष्टि गरेका छन्। अध्यक्ष बीएन तिवारीले ‘अपरेसन सिन्दूरको खबर आउने बित्तिकै दर्जनौं फिल्म निर्माताहरूले नाम दर्ता गर्न सम्पर्क गर्न थालेको बताए ।
अहिलेसम्म १५ भन्दा बढी निर्माताले इम्पामा मात्र आवेदन दिएको र बाँकी तीन फिल्मका संस्थालाई पनि आवेदन पठाइएको उल्लेख छ । यो टाइटल प्राप्त गर्ने दौडमा जम्मा ४०–५० जना छन् । तिवारीका अनुसार जसले पहिले आवेदन दिन्छ उसलाई प्राथमिकता दिइन्छ । उनका अनुसार अपरेसन सिन्दूर शीर्षक एक निर्माताले मात्र पाउनेछन् । अरूले यसमा ‘देशका सिन्दूर, इन्साफका सिन्दूर,वा ‘अपरेसन सिन्दूर र एक सचि कहानी’ आदि जस्ता शीर्षक राख्न सक्ने छन् ।